सरकारी विद्यालयमा निजी सरहको सुबिधा, प्राविधिक रुपमा स्मार्ट बन्दै ७ सय ९२ विद्यालय

  २०७६ वैशाख १० गते १५:४३     नबिन पोखरेल


काठमाडौ । सरकारी विद्यालयलाई स्मार्ट बनाउने योजनामा नेपाल दूर सञ्चार प्राधिकरणले सघाउने भएको छ । विद्यालयमा प्राविधिक वातावरणको विकासमा प्राधिकरणले सहयोग गर्ने भएको हो । विद्यार्थीलाई प्रविधि मैत्री बनाउन प्राधिकरण सहयोगी बन्न लागेको हो ।

नेपाल दुर सञ्चार प्राधिकरणका उप–निर्देशक सुगन शाक्य भन्छन्–‘सरकारी विद्यालयलाई निजी सरहको सुविधा प्रदान गर्नु आजको आवश्यकता हो, यसमा हामीले काम गर्न सक्नु पर्छ, सूचना प्रविधिको प्रयोगशाला स्थापनाले भोलिका दिनमा धेरै क्षेत्रमा सहयोग गर्छ ।’

यो कार्यक्रम काठमाडौ उपत्यकामा मात्रै नभई देशैभर लक्षित कार्यक्रम हो । हाल सरकारले देशव्यापी रुपमा ७ सय ९२ स्कूलहरु छनोट गरिसकेको छ । २ हजार आवेदन मध्येबाट यी स्कूल छनौटमा परेका हुन् । छनौटमा परेको एउटा स्कूलमा कम्तीमा पनि २४ वटा कम्प्यूटर वितरण गरिन्छ ।

कम्प्यूटर सहित प्रोजेक्टर, राउटर समेत वितरण गरिने
विद्यालयलाई प्राविधिक रुपले स्मार्ट बनाउन कम्प्युटर, प्रोजेक्टर, इन्टरनेटका राउटर तथा प्रिन्टर समेत प्रदान गर्ने तयारी भएको छ ।

अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले कम्प्युटर शिक्षा अपरिहार्य मानिन्छ । यस्तो समयमा सरकारले सरकारी विद्यायलयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी यस्तो स्मार्ट पूवार्धार सहितका स्कूलको योजना अघि सारेको हो । साथै, यो कार्यक्रम स्मार्ट स्कूल निर्माणको प्रारम्भिक बिन्दु मानिएको छ । छनौटमा परेका विद्यायलयमा सरकारले प्रविधि मैत्री वातारण निर्माण गर्ने उद्देश्य राखेको पाईन्छ ।

प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिमबाट प्रत्येक निर्वाचन क्षेत्रमा ३ वटा विद्यालय छनोट गर्ने कार्यविधि बनाइएको थियो । यस्तै १, ३, गण्डकी र ५ बाट भने प्रति निर्वाचन क्षेत्र न्युनतम ४ वटा विद्यालय छान्ने योजना बनाएको थियो ।प्रत्येक स्मार्ट स्कूलका लागि १५ देखि २२ लाख रुपैयाँ बराबरको प्राविधिक सामाग्री प्रदान गर्ने गर्ने प्राधिकरणले जनाएको छ ।

कुन कुन विद्यालय छानिए ? हेर्नुहोस सूचि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.