ऐन संशोधनपछि कम्पनी बन्द गर्न सजिलो, १ अर्ब ८१ लाख चुक्तापूँजी भएका ४७२ वटा खारेज

  २०७६ वैशाख १० गते १४:२५     राजाराम न्यौपाने

काठमाडौं । ऐन संशोधन भएपछि ४७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार बैशाख १० गतेसम्म १ अर्ब ८१ लाख ४५ हजार चुक्तापूँजी भएका ४७२ वटा कम्पनी बन्द भएका हुन् ।

कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पूँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । पुराना कम्पनीलाई चुक्तापूँजीको ०.५ प्रतिशत बुझाउने प्रावधान अनुसार ४७२ कम्पनीले ५० लाख ४० हजार ७२५ रुपैयाँ राजश्व बुझाएका छन् ।

पुराना कम्पनी बन्द गर्नको लागि आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने रजिष्टार कार्यालयले जनाएको छ ।

कम्पनी खोल्न भन्दापनि बन्द गर्न समस्या हुँदै आएको सरोकारवालाले गुनासो गर्दै आएका थिए । ऐन संसाधनसँगै अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठान स्वेच्छिक खारेजीमा जान सक्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.