ओप्पोको एफ सिरिजका नयाँ फोन बजारमा, कति पर्छ मूल्य ?

  २०७६ वैशाख १० गते १३:२१     विकासन्युज

काठमाडौं। ओप्पोले आफ्नो एफ सिरिजको नयाँ फोन बजारमा ल्याएको छ। ओप्पो एफ ११ प्रो नाम गरेको उक्त नयाँ फोन सोमबार नेपालमा सार्वजनिक गरेको हो ।

यस नयाँ फोनले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्ने क्षमता राख्दछ । एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा-क्लियर क्यामेरा प्रणाली, राइजिङ क्यामेरा, पानोरामिक स्क्रिनको व्यवस्था छ ।

ओप्पो एफ ११ प्रो थन्डर ब्ल्याक र अउरोरा ग्रीन गरी दुई रङमा उपलब्ध छन् ।  यो संगै कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशन पनि सार्वजनिक गरेको छ ।

६ जिबी र्याम र १२८ जिबी रोम सन्चय क्षमता रहेको एफ११ प्रोको मूल्य रू ४७ हजार ९९०, एफ ११ को रू ३७ हजार ९९० र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशनको मूल्य रू ४९ हजार ९९० निर्धारण गरिएको छ । सार्वजनिक सबै फोनहरू अप्रिल २९ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.