कामना सेवा विकास बैंक थप सुबिधा सहित निःशुल्क आई-बैंकिङ रिलोडेड सेवा गर्दै

  २०७६ वैशाख ९ गते १९:०८     विकासन्युज


काठमाडौँ । कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई-बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

यो सेवा मार्फत ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्न, ई-सेवामा रकम जम्मा गरी विभिन्न भुक्तानीहरु गर्न, एनटीसी, एनसेल, पीएसटीन, स्मार्ट सेलहरुमा मोबाइल टपअप गर्न गर्न तथा तालिकाहरु बनाई विभिन्न भुक्तानी तथा ईएमआई पेमेन्टहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।

साथै, यो सेवा लिएको पहिलो वर्ष कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.