एभरेष्ट बैंकद्वारा कुपण्डोलदेखि लगनखेलसम्मको सडक किनारमा वृक्षरोपण

  २०७६ वैशाख ९ गते १८:०८     विकासन्युज


काठमाडौँ । एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा प्रगतीशीलधारा सुधार समितिको संयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न अभियानको थालनी गरिएको हो ।

वृक्षरोपण पश्चात बोल्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले भने, “काठमाडौं उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको छ । वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकले महानगरसँग सहकार्य गरेरे सकारात्मक काम गर्न पाउँदा निकै खुशी लागेको छ ।

एभरेष्ट बैंकले संस्थागत सामाजिकउत्तरदायित्वअन्र्तगत लाजिम्पाट, कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका स्थानमा वृक्षरोपण कार्य गरिसकेको छ । पोखरामा प्रदुषण न्युनीकरण गर्ने शवदाह गृह निर्माण एवम् विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा पनि बैंकले सहयोग गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.