दोहोरो गणनाले साेमबारको कारोबार रकममा गढबढी

  २०७६ वैशाख ९ गते १८:०१     विकासन्युज

बजार बन्द भएपछि देखिएको कारोबार रकम

काठमाडौं । सोमबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को साइटमा समस्या देखिएको छ । साे दिनकाे कारोबार रकममा लाखाैँकाे घटबढ देखिएको छ ।

बजार बन्द भएको करिब एक घण्टासम्मको साइटमा दिनभर एक अर्ब ३ करोड ७६ लाख ४३ हजार २९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिएको थियो । त्यसपछिको केही बेरमा २ अर्ब ९ करोड २० लाख ७९ हजार ८०६ रुपैयाँ बराबरको सेयर किनबेच भएको देखिएको थियो ।

बजार बन्द भएको करिब साढे एक घण्टापछि देखिएको कारोबार रकम

तर अहिले हेर्दा एक अर्ब ४ करोड ६० लाख ३९ हजार ९०३ रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ ।

दोहोरो गणनाको समस्या समाधान भएपछिको कारोबार रकम

यस विषयमा नेप्सेका प्रबक्ता मुराहरी पराजुली भन्छन्, “दोहारो गणनाले गर्दा साइटमा समस्या आएको थियो । जसको कारणले गर्दा २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको थियो । अहिले उक्त समस्या समाधान भइसकेको छ ।” साथै, सोमबारको कुल कारोबार रकम भने १ अर्ब ३ करोड रुपैयाँ नै हो । पछि विभिन्न कम्पनीहरुको समायोजन भएका प्रमोटर सेयरहरुको कारोबार जोड्दा बढेर कुल एक अर्ब ४ करोड रुपैयाँ पुगेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.