गणपतिको शेयर आवेदन आजदेखि, १५०० कित्तासम्म आवेदन दिन सकिने, कति भर्ने ?

  २०७६ वैशाख ९ गते ९:०३     विकासन्युज

काठमाडौं । गणपति माइक्रोफाइनान्सको आईपीओ सोमबारदेखि खुल्दैछ । जम्म ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र म्युचुअल फण्डको आरक्षण कटाएर बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयरका लागि सोमबार बैंकिङ समयदेखि आवेदन खुला हुनेछ । उक्त कम्पनीको आईपीओ बिहीबार बन्द हुनेछ ।

न्यूनतम १० देखि १५०० कित्तासम्म आवेदन गर्न सकिने उक्त शेयर ३१ हजार ३०७ जनालाई १०/१० कित्ताका दरले वितरण हुनेछ । आवेदकको संख्या ३१ हजारभन्दा कम भए मात्रै आवेदकलाई २० कित्ता शेयर पर्ने सम्भावना रहन्छ । तर त्यो असम्भवप्रायः रहेकोले आवेदकले न्यूनतम १० कित्तामात्रै आवेदन गर्नु उपयुक्त हुन्छ ।

उक्त आवेदन डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंक खाता भएको बैंकका शाखाहरुबाट भर्न सकिन्छ वा मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानमा रहेर पनि भर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.