६७ वर्षदेखि ग्राहकको मन जितेर टिकेको छ ‘माइ सप ड्राइक्लिनिङ’: निलम हर्जनी

  २०७६ वैशाख ९ गते ९:३०     राजाराम न्यौपाने

तत्कालीन राजा त्रिभुवनले नै नेपालमा ड्राईक्लिनिङ ल्याउन सल्लाह दिएपछि २००८ मा स्थापना भएको माई सप ड्राईक्लिनिङ अहिले भक्तपुरको नयाँ ठिमी, राधेराधेमा ४ रोपानी क्षेत्रफलमा संचालन भैरहेको छ । व्यवसाय हो भनेर जानकारी नै नहुँदा बागबजार स्थित सल्यानी राजाको दरवारमा उद्योग र पसलको रुपमा न्युरोडबाट संचालन भएको थियो । राजाको अनुरोधमा रानीको लुगा धुन नेपालमा ल्याइएको ड्राईक्लिनिङ अहिले कसरी चलिरहेको छ ? माई सप ड्राईक्लिनिङका संचालिका निलम हर्जनीसँग विकासन्यूजका लागि राजाराम न्यौपानेले गर्नु भएको कुराकानीः

नेपालको पहिलो ड्राईक्लिनिङको रुपमा माई सप ड्राईक्लिनिङ कसरी स्थापना भयो ?
मेरो ससुरा गुलाब एस हर्जानी कोलकत्ता स्थित रामलक्ष्मण एण्ड कम्पनी ज्वेलरमा जागिर खान्थे । यही शिलशिलामा नेपालमा आउँदा सो पसलमा बनाएका गहना मेरा ससुराले राज दरबारमा राजा त्रिभुवन हुँदा बिक्री गर्न ल्याउनु हुन्थो । सोही सिल्लसिलामा राजघरानाका कपडाहरु ड्राईक्लिनिङका लागि उहाँसँगै कोलकत्ता पठाइन्थ्यो । नेपालमा पनि ड्राईक्लिनिङ उद्योग खोल्न आवश्यक ठानेर राजा त्रिभुवनले मेरो ससुरालाई लुगाधुने उद्योग स्थापित गर्न लगाउनु भयो । मेरो ससुराको साथीको कोलकत्ता शहरमा एउटा चर्चित ड्राईक्लिनिङ उद्योग भएकोले यस सम्बन्धी सम्पूर्ण काम सिकेर स्वीडेनबाट ड्राईक्लिनिङका मेसिनहरु आयात गरी नेपालमा नै प्रथम ड्राईक्लिनिङको रुपमा २००८ स्थापना गर्नु भएको हो ।

शुरु शुरुमा कसरी सञ्चालन भएको थियो माई सोप ड्राइक्लिनिक ?
मलाई लागछ त्यस बेला राजाको सल्लाहमा नेपालमा आएको माई सप ड्राईक्लिनिङमा राजा महाराजहरुको मात्रै लुगा ड्राईक्लिनिङ गरिन्थो । राजाकै अनुरोधमा नेपालमा आएको ड्राईक्लिनिङ राम्रोसँग नै चलेको थियो । पहिले राम्रो गरेको कारणले नै अहिले बजारमा माई सप ड्राईक्लिनिङको व्यवसाय राम्ररी अघि बढेको छ । माई सप एक ब्रान्ड हो । यसलाई पुरानो र नयाँ पिंढी दुवैले रुचाएका छन् ।

अहिले माई सपको कति वटा शाखा छन् ?
अहिले काठमाडौँ, ललितपुर र भक्तपुरमा गरेर ७ वटा शाखा छ । हाल अनामनगर, न्युरोड, मिड बानेश्वर, कुलेश्वर , कुमारीपाटी, महाराजगंज र नयाँ थिमीमा शाखाहरु संचालनमा छन् ।

ड्राईक्लिनिङमा पुराना भएका र रङ उठेका कपडाहरुलाई केही गर्न सकिन्छ ?
हामीले कपडाको मेट्रियल हेरेर कलर गर्न मिल्ने कपडाहरुलाई ग्राहकको इच्छा अनुसारको कलर गरेर दिने गरेका छौँ । हामीकोमा ग्राहकले चाहे अनुसारको रंग गरी उहाँहरुको चाहानालाई पूरा गरी कपडालाई नयाँ जस्तै बनाउँछौँ ।

अरु ड्राईक्लिनिङ छाडेर तपाईँहरुकोमा नै ग्राहक किन आउने ?

सर्वप्रथम ग्राहकको सन्तुष्टिलाई बिचार गरेर ग्राहकको माग अनुसारको सेवा दिने कारणले गर्दा नै ग्राहकहरुले माई सप नै रोज्नु हुन्छ । हामीले कपडाको दाग पहिचान गरेर मात्रै कपडालाई सफाई गर्ने गरेका छौँ । कुन कपडालाई कुन प्रक्रियामा सफार्इ गर्ने भनेर हेर्नका लागि हामीसँग दक्ष कर्मचारीहरु छन् । स्वयम् यस क्षेत्रमा गहिरो ज्ञान संचालकसँग नै हुनु पर्ने एकदमै जरुरी छ । नेपालमा नै एक मात्र आधुनिक मेसिन प्रयोगमा ल्याएका छौँ । कपडाको गुणस्तर र प्रकृति फरक फरक हुन्छ । त्यहि अनुसार काम गर्ने गरेका छौं ।

नक्कली कपडा माथिको डेकोरेशनलाई विचार पुर्याएर काम गर्नु पर्ने भएका कारण जोकोहिलाई काम गर्न धेरै नै गाह्रो हुने गरेको छ । साथै प्रत्येक कपडालाई गहिराईमा जाँच गरेर सावधानी पूर्वक काम गर्ने स्थिति आएको छ । यहाँ काम गर्ने व्यक्तिहरु धेरै अनुभवी पनि छन् । लामो समयसम्म ग्राहकलाई सन्तुष्टी गर्नु नै हाम्रो सफलता हो । प्रत्येक विभागमा एक योग्य पर्यवेक्षक राखेर अनुगमन गरी रहने गरेका छौं ।

माई सपले कस्ता लुगालाई कसरी ड्राईक्लिनिङ गर्छ ?
कोट, साडी, ज्याकेट, कार्पेट, ब्लाङ्केट, डल लगायतका सबै प्रकारका कपडाहरुको ड्राईक्लिनिङ गरिन्छ । अरुले भन्दा अत्याधुनिक मेसिन प्रयोग गरेर सस्तोमा ड्राईक्लिनिङ गर्छौँ । विशेष केमिकलको प्रयोग गरिने भएकोले ड्राईक्लिनिङ गर्दा कपडाहरु राम्रो हुन्छन् । ग्राहकको मागलाई मध्यनजार गरेर हामीले वबहान ९ बजे देखि बेलुका ७ बजेसम्म ग्राहकलाई सेवा दिने गरेका छौँ ।

ड्राईक्लिनिङ गर्दा कपडाको गुणस्तर ह्रास हुने संभावना कत्तिको रहन्छ ?
कपडा ड्राईक्लिनिङ गर्ने क्रममा गुणस्तरमा कुनै कमी आउँदैन । हामी गुणस्तरमा निकै सजगपनि छौँ । समयमा नै ड्राईक्लिनिङ नगर्दा कपडामा दागहरु पक्का भएर आउँछन र त्यो दागहरुलाई हटाउन गाह्रो हुन्छ । त्यसैले समयमा नै लुगाको सफाई गरेमा लुगाको आयु बढ्छ । समयमा नै कपडालाई ड्राईक्लिनिङ गर्दा कपडालाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ । विशेष गरेर तेलको दागहरुलाई चाँडो नै सफा गर्नु पर्ने हुन्छ । कपडाहरु ग्राहकबाट लिदा नै राम्रोसँग चेक गरेर लिने गरेका छौँ । यति गर्दा गर्दै पनि कपडामा समस्या आएको खडमा ग्राहकसँगको सहकार्यमा सेवा दिने गरेका छौँ ।

ड्राईक्लिनिङको बजार कस्तो छ ? भविष्यमा कस्तो हुने देख्नु भएको छ ?

व्यस्त सहरी जीवन शैलीका कारणले र कपडाको महत्व बुझेको कारणले गर्दा ड्राईक्लिनिङ बजार राम्रो छ । विश्वसनीयता तथा सिर्जनशीलतालाई निरन्तर कायम राख्ने गरेका छौँ । मानिस दिनप्रतिनिन बिजी हुँदै गहिरहेका र प्रविधिको प्रयोग गरेर सफाई गर्नु पर्ने कपडाको माग बढ्दै गएकाले पनि भविष्यमा ड्राईक्लिनिङको बजार राम्रो छ ।

ड्राईक्लिनिङको ग्राहक को हुन् ?
जो व्यक्तिहरुले कपडाको महत्व बुझेका छन्, तिनीहरु नै हाम्रा ग्राहक हुन् । समय आफैँ महत्वपूर्ण बन्दै गरिरहेको छ । मानिस बिहानदेखी बेलुकासम्म बिजी हुनाले यसको महत्व बुझेरपनि मानिसहरुले ड्राईक्लिनिङको सेवा लिइरहेका छन् ।

ड्राईक्लिनिङ र लौन्ड्री बीचमा केही फरक छ कि ?
ड्राईक्लिनिङ भनेको विषेश सल्भेन्टहरुमा धुईन्छ र लौन्ड्री भनेको होलसेलमा पानीमा धुनु हो । लौन्ड्रीमा लुगा धुन केहि सस्तो पर्छ । लुगा सफा गर्नका लागि पेट्रोलियम पदार्थ प्रयोग हुने भएकाले ड्राईक्लिनिङमा धोएको लुगा नयाँ बराबर नै हुन्छ । यसमा लुगा धुने प्रकृया समेत अलि छिटो हुने गर्छ । सबै कपडा ड्राईक्लिनिङ धुन मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.