बैशाख ९ गतेदेखि देशभर सुजुकी मेगा एक्सचेज मेला, नयाँ खरिदमा आकर्षक छुट

  २०७६ वैशाख ८ गते १९:३४     विकासन्युज


काठमाण्डौ । सुजुकी इण्डियाद्धारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाईल्स प्रालिले ग्रहाकहरुको मागलाई मध्यनजर गर्दै बैशाख ९ गतेदेखि १५ गतेसम्म नेपाल अधिराज्यभर आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेकोे छ ।

मेलामा कुनैपनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरी सुजुकीको नयाँमोटरसाईकल वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार रुपैयाँको मूल्याङ्कन गरिने र चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरी नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवापुस्तालाई आकर्षित गर्न सफल सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.