गोर्खा इको प्यानलको १४ औं डिलर धनगढीमा

  २०७६ वैशाख ८ गते १८:३२     विकासन्युज


काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत विक्रेता कैलालीको धनगढीमा पनि राखिएको छ । अप्सन बिल्डर्स प्रालि धनगढी कैलालीलाई १४ औं डिलरको रुपमा राखिएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले अप्सन बिल्डर्स प्रालिका प्रोपाइटर डम्वर शाहीलाई राखेर एक समारोहबीच आधिकारिक डिलर घोषणा गरिदिएको हो ।

गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको विकल्पको रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ ।

यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । यसका डिलरहरु देशभरि फैलिसकेका छन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म गरी हालसम्म यसका १४ वटा डिलरहरु भएको कम्पनीले जनाएको छ । १५ औ डिलर सन्धीखर्कमा हुन लागेको कम्पनीले जनाएको छ ।

नेपालमै पहिलो पटक उत्पादित उत्पादित गोर्खा इको प्यानलको मुख्य कर्पाेरट कार्यालय भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै छ । यसको कारखाना भने भक्तपुरको चाँंगुनारायण नगरपालिका हनुमानचामा छ । यसका उत्पादनहरु हिमाल, तराई, पहाड सवैतिरको निर्माणमा प्रयोग भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.