नेपाल मेडिसिटी अस्पतालका स्वाथ्यकर्मीद्वारा यातायात मजदुरको स्वास्थ्य परीक्षण

२०७६ वैशाख ८ गते १८:२३ विकासन्युज


काठमाडौँ । ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालले वैशाख ८ गते विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको लगनखेलमा चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा नेपाल मेडिसिटीको मेडिकल टोलीले यातायात मजदुरहरुको स्वास्थ्य परीक्षण गरेको हो ।

शनिबारदेखी लगनखेल बसपार्कमा यातायात श्रमिकहरुका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा २ दिनमा ५ सय भन्दा बढीको उपचार गरिएको छ ।

शनिबार र आइतबार नै नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमाल सहितको प्राविधिक समूहले मजदुरहरुको स्वास्थ्य जाँच गरेको हो । यातायात श्रमिकहरुमा स्वास्थ्यबारे सचेतना कम हुँदा रोगको उच्च जोखिम रहेको र सडक दुर्घटना समेत हुने गरेकाले यातायातश्रमिक स्वास्थ्य परिक्षण राष्ट्रिय अभियान अन्तरगत लगनखेलमा कार्यक्रम सञ्चालन गरिएको नेपालयातायात स्वतन्त्रमजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी गराए ।

यस्तै, इष्टरका अवसरमा ललितपुर क्रिष्टियन कमिटीले आयोजना गरेको इष्टर सण्डे र्यालीमा नेपाल मेडिसिटी अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न स्थानबाट निस्किएको ¥याली जावलाखेल पुगी कोणसभामा परिणत भएको थियो ।

त्यस्तै, किर्तिपुरको वडा नम्बर १ मा पनि आइतबार नै नेपाल मेडिसिटी अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । किर्तिपुर वडा नम्बर १ का अध्यक्ष हर्ष महर्जनको उपस्थिति र किर्तिपुरका स्वास्थय संयोजक फत्तेमान मानन्धर सहभागी रहेको कार्यक्रममा स्वास्थ्य बीमाबारे विशेष जनचेतना अभिवृद्धि तथा छिमेकी सहुलियत कार्ड वितरण गरिएको जनाइको छ ।