एकल बिन्दु सेवा केन्द्रको भवन अझै बनेन्, उद्योगी/व्यवसायीले सेवा पाउने कहिले ?

  २०७६ वैशाख ८ गते १७:३०     राजाराम न्यौपाने

काठमाडौं । उद्योग विभाग अन्तरगतको एकल बिन्दु सेवा केन्द्रको कार्यालय भवन २ पटक समय सकिंदा समेत निर्माण सम्पन्न भएको छैन । उद्योगी व्यवसायीलाई सहज ढंगले सेवा पुर्याउन केन्द्रको कार्यालय निर्माण गर्न लागिएको हो ।

केन्द्रको भवन निर्माणका लागि स्वच्छन्द जयमाता जेभीले १२ करोड २६ लाख ४४ हजार २४९ रुपैयाँमा ठेक्का पाएको छ । २०७५ असार ७ गते भवन सम्पन्न गर्ने सम्झौता भएको थियो । तर २ पटक समय सकिंदा पनि भवन पूर्ण भएको छैन । सम्झौतामा उल्लेख भएको मिति सकियो, तर काम भने सकिएन । काम पूरा गर्नको लागि २०७५ पुस ७ गतेसम्म मिति थप भएको थियो । यो समयसम्म पनि काम सकिएन ।

स्वच्छन्द जयमाता जेभीका सञ्चालक वृहस्पती गौतमले सम्झौता गरे अनुसारको बजारमा सामान नै नपाउँदा समयमा काम सम्पन्न गर्न नसकेको बताए । अहिले भवनको काम ९८ प्रतिशत सकिएको गौतमले बताए ।

भवनमा सेरामिट स्टिम जडान गर्ने सम्झौता भएको थियो तर बजारमा त्यसका लागि समान नै पाइएन, त्यसकारण निर्माण पूरा हुन ढिलाई भएको हो–गौतमले बताए । सम्झौता भएको समानमात्र प्रयोग गर्न पाइन्छ, अर्को समान प्रयोग गर्न अनुमति चाहिन्छ उनले भने ।

कहिले शुरु हुन्छ सेवा ?
उद्योग मन्त्रालय अन्तरगत औद्योगिक प्रबद्र्धन महाशाखाका प्रमुख दिनेश भट्टराईले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि राजपत्रमा सूचना प्रकाशन गर्ने प्रक्रियामा रहेको र सूचना प्रकाशित भएपछि भवन निर्माण पूरा नभएपनि अन्य भवनबाट सेवा सञ्चालन हुने बताए । एकल विन्दु सेवा केन्द्र सञ्चालनबाटव्यवसायीले एकै स्थानबाट उद्योग दर्ता, नविकरण लगायतका सम्पूर्ण काम गर्न सक्छन् ।

व्यवसायीहरुको काम सजिलोसँग गर्नका लागि सो केन्द्रमा राजश्व कार्यालय, अध्ययगमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, वातावरण कार्यालय, भूमि तथा व्यवस्थापन कार्यालय, उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिको कार्यालय हुने जनाइएको छ ।

भवन निर्माण सम्बन्धी विवरण :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.