बैंक अफ काठमाडौँमा खाता खोल्दा ज्योतिलाईफको बीमा सेवा पाइने

  २०७६ वैशाख ८ गते १४:३१     विकासन्युज

काठमाडौँ । बैंक अफ काठमाण्डौले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्ससँग सम्झौता भएको छ ।

उक्त सेवाअन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च बीमाङ्क वापतको रकम भुक्तानी गरिने छ ।

सम्झौताबाट बैंक अफ काठमाण्डौका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा निःशुल्क प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.