समाज कल्याण परिषद्मा ५० हजार संस्था दर्ता, एकैवर्ष थपिए २ हजार

  २०७६ वैशाख ८ गते १४:००     विकासन्युज


काठमाडौं । समाज कल्याण परिषद्मा २०७५ साल भित्र २ हजार २ सय २७ संस्था दर्ता भएका छन् । परिषद्मा वि.सं. २०३४ साल कार्तिक ११ गते नेपाल रेडक्रस सोसाइटी गैर सरकारी संस्थाका रुपमा पहिलो पटक दर्ता भएको थियो ।

परिषद्को तथ्याङ्ग अनुसार २०७६ साल बैशाख ६ गतेसम्म ४९ हजार ९ सय ४१ गैरसरकारी संस्था दर्ता भएका छन् । दर्ता भएका ती संस्थामध्ये करीब ३ हजार मात्र सक्रियरुपमा कार्यरत रहेको परिषद्ले जनाएको छ ।

संघसंस्था दर्ता ऐन २०३४ को अनुसार संस्था दर्ता भएपनि सो संस्था बन्द गर्न पाउने व्यवस्था नरहेकाले दर्ता संख्या धेरै देखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.