बिर्तामोडमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा

  २०७६ वैशाख ८ गते १३:२९     विकासन्युज


काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बिर्तामोड शाखा कार्यालय उद्घाटन भएको छ ।

सांसद श्रीप्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथाकम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का बिर्तामोड शाखा प्रमुख प्रशान्तकुमार राजवंशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.