स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा नर्स मृत फेला

२०७६ वैशाख ८ गते १३:४७ विकासन्युज

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको जनकपुर स्थित निजी अस्पतालमा कार्यरत एक नर्स मृत अवस्थामा फेला परेकी छिन्। जनकपुर स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको शौचालयमा उही अस्पतालमा कार्यरत नर्स झुण्डिएको अवस्थामा फेला परेको हो।

महोत्तरी स्थायी घर भएकी नर्सको नाम रक्षा आले बताईएको छ। आइतबार बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ।

अस्पतालले घटनालाई आत्महत्या गरेको बताए पनि परिवारले घटना रहस्यमय बनेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन्।