२०७६ वैशाख ६ गते २१:०३ विकासन्युज
राष्ट्रिय परिचयपत्र पाँचथरबाटै वितरण शुरु गरिएको हुँदा उक्त कार्यालयले जग्गाको सम्पूर्ण कामकाज अनलाइन प्रणालीबाट गरिरहेकाले पनि परिचयपत्रमा जग्गाधनी पुर्जाकाे विवरणा राख्न थालिएको उनको भनाइ थियो ।
अनलाइन प्रणालीबाट नै काम भइरहेकाले परिचयपत्रको लिङ्क मालपोतको सर्भरमा राख्न थालिएको जानकारी दिँदै कार्यालय प्रमुख पोखरेलले भने, “अहिले नागरिकताको विवरण मात्र राष्ट्रिय परिचयपत्रमा समावेश भएकामा जग्गा धनीपुर्जाको विवरणसमेत उक्त परिचयपत्रमा राख्ने व्यवस्था मिलाइएको छ ।”
जग्गाको कारोवार नागरिकताबाटै भइरहे पनि राष्ट्रिय परिचयपत्र बनाएका सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्य उक्त परिचयपत्र लिएर आउन सो कार्यालयले स्थानीय पत्रपत्रिका र रेडियोमार्फत जानकारी गराउँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.