मेसी तीन वटै उपाधीको नजिक, लिभरपुल विरुद्ध उच्च सर्तकता

  २०७६ वैशाख ६ गते १७:५५     विकासन्युज

काठमाडौं । लोकप्रिय फुटबल क्लब बार्सिलोना तिन वटै उपाधीको नजिक पुगेको छ । लालिगा, कोपा डेलरेख र च्याम्पियान्स् लिग जित्न सक्षम साबित हुदैं गएको छ ।

यसअघि नै स्पेनीस कोपा डेलरेको फाइनलमा स्थान बनाइसकेको बार्सिलोनाले लालिगामा स्पष्ट ९ अंकको अग्रता कायम राखेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको बार्सिलोनाले लिभरपुलसँग भेट पक्का समेत गरिसकेको छ ।

लालिगाको ३ खेलपछि वा मे ५ मा बार्सिलोनाले लिभरपुलको सामना गर्नेछ । लिभरपुल अहिले खेलाडी भन्दा प्रशिक्षक खतरनाक बन्दै आइरहेका छन् । जर्मन क्लब बोरुसिया डर्टमन्डबाट लिभरपुल आएका जोर्गन क्लप क्लबलाई शसक्त बनाउँदै लगेका छन् । उनको खेलाउने शैलिले नै लिभरपुललाई गत वर्ष च्याम्पियान्स लिगको फाइनल र अहिले प्रिमियर लिगको शिर्षस्थानमा रहन सफल भएको छ ।

लिगको शिर्ष स्थानमा रहेको लिभरपुल अहिले उसले लिगको २ खेलपछि बार्सिलोनाको सामना गर्नेछ । लिभरपुल पछिल्लो समय आक्रामक फुटबल खेल्दै आइरहेको छ । गत वर्ष पनि च्याम्पियमन्स लिगको फाइनलमा पुगेको लिभरपुल आफुलाई अनुभवी बनाउँदै लगेको छ ।

बार्सिलोना दास्रो खेल लिभरपुलको मैदानमा खेल्नु पर्नेछ । यो बार्सिलोनाको लागि असहज बन्न सक्छ । मुख्य प्रशिक्षक इर्नेष्टो भाल्भारेको नेतृत्वमा गत सिजन रोमासँग ४ १ अग्रता समेत जोगाउन सकेन । यस अर्थमा बार्सिलोना निकै सजग हुनुपर्ने देखिन्छ । उसको लागि लालिगामा ३ खेल हार्ने सुविधा रहेको छ वा ३ खेल जिते लालिगा जित्नेछ ।

भाल्भारे सामु मुख्य खेलाडीहरु, मेसी, राकेटिक, अल्बा, पिके लगायतलाई आराम दिनुपर्ने चुनौति छ । उता लिभरपुल प्रिमियर लिगको उपाधी होडमै छ । उ म्यान्चेष्टर सिटी भन्दा २ अंकले मात्र अघि रहेको छ । यो अवस्थामा क्लप सामू लिगमा बाँकी खेलहरु जित्नै पर्ने दबाब छ । यसको केहि फाइदा बार्सिलोनाले लिन सक्छ ।

क्याम्प नोउमा हुने खेलमा बार्सिलोनाले १ गोल खानु पनि निकै असहज हुनेछ किनकी अवे गोलकै कारण म्यान्चेष्टर सिटी च्याम्पियान्स लिगबाट बाहिरिनु पर्यो । घरेलु मैदानमा बार्सिलोना यति आक्रामक हुनु पर्नेछ कि नतिजा ४ ०ले आफ्नो पक्षमा पार्नु पर्नेछ तर यो बार्सिलोनाको लागि सहज छैन किनभने लिभरपुल निकै लयमा रहेको छ ।

लिभरपुलका खेलाडी भन्दा प्रशिक्षक क्लप प्रभावशाली बन्दै गैरहेका छन् । किनभने उनले माने, सलाह, फर्मिन्हो, भान डिजक जस्ता खेलाडी लिएर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सम्भवत उनले क्याम्प नोउमा बराबरी नतिजाको लागि प्रयास गर्नेछन् । बाँकी नतिजा एनफिल्डमा निकाल्ने तयारीमा हुनेछन् ।

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक सोल्कजारले बार्सिलोनाको बल नियन्त्रण गर्ने शैलीलाई भत्काउने प्रयास गरेका थिए । तर यसमा उनी सफल हुन सकेन । यस्तै क्लप पनि बार्सिलोनाको टिकीटाकालाई बिगार्दै काउन्टरमा अट्याकमा ध्यान दिनेछन् । बार्सिलोना लिभरपुलको काउन्टर विरुद्ध निकै सजग हुनु पर्नेछ ।

भाल्भारे लालिगामा राम्रो नतिजा दिन सफल भैरहेका छन् । तर उनी नक आउट चरणको खेलमा अभ्यस्त हुन सकेका छैनन । उनीसँग जति पनि विकलपका खेलाडी छन् यस्तो सुविधा अन्य क्लबमा छैन । डेम्बेले, रोर्बेटो भिडाल, कौटिन्हो, आर्थुर म्कलम, सिमेडो जस्ता भरपर्दा खेलाडी छन् । उनीहरुको उचित प्रयोगले जस्तो सुकै क्लबलाई पनि हराउन सक्ने क्षमता राख्छ । अझै उच्च फर्मममा रहेको गोलपिर टेर स्टेगन रहेका छन् ।

यदि लिभरपुललाई हराउन सके बार्सिलोनाले सन् २०१५ को सफलता फेरी दोहोर्याउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.