बस बिसौनी बनाउन सिटिजन्स बैंकले गर्यो सहयोग

  २०७६ वैशाख ६ गते १४:०२     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच यस बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका हुन् ।

उक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापनाकाल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए ।

समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण हुने बस बिसौनीबाट उक्त क्षेत्रका स्थानीयवासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.