पञ्चकन्या ग्रुपले १७५ जनालाई दियो प्लम्बिङ तालिम

  २०७६ वैशाख ६ गते १२:३३     विकासन्युज


काठमाडौँ । पञ्चकन्या ग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा २ दिने विषेश प्लम्बिङ तालिम विहीवार सम्पन्न भएको हो । उक्त तालिममा १७५ जना सहभागी भएको र त्यसमा ४ जना महिलाले समेत संलग्नता जनाएका थिए ।

नेपालमा यस किसिमको तालिमदिने पहिलो निजी कम्पनी पञ्चकन्या ग्रुपले सर्वप्रथम प्रारम्भिक प्लम्बिङ तालिम दिइएकोे र यस कम्पनीले जापानको प्रख्यात कम्पनी सेकीसुइ र स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेशनल प्रशिक्षकद्वारा सहभागीहरुलाई प्रशिक्षण दिएको थियो ।

देशका बेरोजगार युवायुवतीहरुलाई सिपमुलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु तालिमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.