नेपालमा जल पाइप्स एण्ड फिटिङ्स सार्वजनिक

  २०७६ वैशाख ६ गते ९:२९     विकासन्युज


काठमाडौँ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ ।
विहीबार नक्सालमा अवस्थित मेरियट होटलमा यो उत्पादन सार्वजनिक भएको हो । जल पाइप्स एण्ड फिटिङस अरिहान्तग्रुपको विजनेश युनिट हो । सार्वजनिकीकरण कार्यक्रममा उपस्थित हुनेहरुमा अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला रहेकी थिइन् ।

उत्पादन सार्वजनिक कार्यक्रम भब्य समारोहका बीच सम्पन्न भएको थियो, जहाँ जापान सेकिसुईबाट समेत अतिथिको उपस्थिति थियो ।
ब्राण्ड नाम र ट्यागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरेका थिए । जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।

जल पाइप्स एण्ड फिटिङसबारे बोल्दै जापान सेकिसुइका अतिथिले भनिन्- जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत हो, हाम्रो उदेश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने हो । त्यसैगरी, जल पाइप्स एण्ड फिटिङ्सकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले भनिन्–जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा म निकै खुशी छु ।

त्यस्तै, कार्यक्रमबारे थप प्रष्ट पार्दै अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले भने–अरिहान्तका धेरै क्षेत्रहरु छन् र हामी पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजीरहेका छौ । हामीले यो अवसर जल पाइप्स एण्ड फिटिङसबाट पाएका छौ । यसमार्फत हामी के अपेक्षा राख्दछौ भने हाम्रो अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी जल पाइप्सखरिद गर्नुहुनेछ । हामीले हाम्रा ग्राहकलाई धन्यबाद दिन चाहान्छौ जसका कारण हामी उहाँहरुका आवश्यकता पूरा गरी अघि बढीरहेका छौँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.