फोरजीको बजार २०२५ सम्म, फाइभजीको तयारी गर्दै टेलिकम

  २०७६ वैशाख ५ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपालमा फोरजीको बजार सन् २०२५ सम्म रहने नेपाल टेलिकमको प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताएका छन् । हाल देशभर विस्तार भैरहेको फोरजीले ६ वर्षसम्मको इन्टरनेटको माग धान्ने निर्देशक अधिकारीले बताएका हुन् ।

‘विश्व बजारमा ५जीको प्रयास भैरहेको छ अहिले फाइभजीको लागी नेपाली बजार तयार भैसकेको छैन, निर्देशक अधिकारीले भने विश्व बजारमा ४जी निकै लोकप्रिय छ तोकिएकै मितीमा विस्तार कार्य सम्पन्न हुन्छ ।’ फोर जी विस्तारको लागि पुर्वाधार खरिदको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

टेलिकमले एडीएसएल विस्थापित गर्दै एफटीटीएच विस्तारमा सुरु गरेको छ । देशको विभिन्न २० स्थानबाट एफटीटीएच इन्टरनेटको विस्तार सुरु गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन । एडीएसएल इन्टरनेट सेवा निकै असफल भएपछि टेलिकमले एफटीटीएच सेवा विस्तार गरेको हो । सो इन्टरनेटबाट टेलिभिजन समेत हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.