के बजार ओरालो लाग्ने दिन सकिएकै हो त ? बिहीबार पनि १५ अंकले बढ्यो नेप्से

  २०७६ वैशाख ५ गते १५:५४     विकासन्युज

काठमाडौं । नयाँ वर्ष शुरु भएयता सेयर बजारले नयाँ गति लिएको छ । गत वर्षको अन्तिम दिन अर्थात चैत २८ गते ११८४.०१ अंकमा रहेको नेप्से एकसातामै निरन्तर बढेर १२३२.२६ अंकमा पुगेको छ ।

वैशाख २ गते सोमबारदेखि ५ गते बिहीबारसम्म कारोबार भएको बजारमा नेप्से ४८.२२ अंकले बढेको छ । गत सोमबार नेप्से ११८३ अंकदेखि कारोबार शुरु भएको थियो । साताको अन्तिम कारोबार बिहीबारसम्म नेप्से परिसूचक निरन्तर बढेर हाल १२३२.२६ अंकमा आईपुगेको छ ।

पछिल्लो समय नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार कुल १६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, वाणिज्य बैंकको कारोबारमा पनि निरन्तर वृद्धि हुँदै गएको छ । बिहीबार सबैभन्दा बढी कुमारी बैंकको ८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य सस्तिदैँ गएपछि लगानीकर्ताहरु कम्पनीहरुको सेयरमा आकर्षित देखिएका हुन् । साथै, बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंक ब्याजदर घटिरहेकोले सेयर बजारमा उछाल आएको हो ।

त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कमाइ र कम्पनीहरुको प्रतिसेयर आम्दानी बढ्दै गएकाले नेप्सेमा थप सुधार हुने सेयर विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.