नगरकोटमा कोर्पोरेट मेडिटेशन तथा स्ट्रेस्स म्यानेजमेन्ट कार्यक्रम

  २०७६ वैशाख ५ गते १५:१३     विकासन्युज


काठमाडौं । इम्प्रेसन इभेन्ट मेनेजमेन्टले तनाव कम गर्ने उपाय सहितको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल योगा एकेडेमिक रिटिट नगरकोटमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बैंक, इन्स्योरेन्स लगायतका संस्थाका उच्च पदाधिकारीको सहभागिता थियो ।

कर्पोरेट मेडिटेशनः स्ट्रेस्स म्यानेजमेन्ट नाम दिइएको उक्त कार्यक्रममा योग गुरु डा. चिन्तामणि गौतमले तनाव मुक्त हुने उपाय सहितको योग प्रशिक्षण दिएका थिए । योग गुरु गौतमले दैनिक योगा गर्ने व्यक्तिलाई थकाइ कम लाग्ने र विहान योगा गर्दा दिनभर तनाबमुक्त हुन सकिने बताए ।

तनाब मुक्त कोर्पोरेट कल्चरको बिकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इम्प्रेसन इभेन्ट म्यानेजमेन्टका बिजिनेस डिरेक्टर पूजा श्रेष्ठले बताइन् ।

जीवन बीमा कम्पनीहरुमा काम गर्नेहरुका लागि स्ट्रेस्स म्यानेजमेन्ट ट्रेनिङ अति नै उपयोगी हुने सानीमा लाईफ इन्स्योरेन्सका कर्पोरेट हेड गुणराज श्रेष्ठ बताए । त्यस्तै स्ट्रेस्स म्यानेजमेन्ट ट्रैनिङमा सहभागी भय पछी आफुलाई स्फुर्त बनाएको यामाहा मोटरसाइकलका म्यानेजर सन्देश कटुवाल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.