सिप्रदीको आयोजनामा टाटा मोटर्सका प्राविधिकहरुको स्किलफेस्ट सम्पन्न

  २०७६ वैशाख ५ गते १५:०३     विकासन्युज


काठमाडौँ । टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यले काठमाण्डौमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न गरेको छ ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको आयोजनता तथा म्याक लुब्रिकेन्ट्सको सहकार्य भएको उक्त सार्क स्तरीय प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समुहमा ३–३) सहभागी भएका थिए ।

सेवा सल्लाहकार तर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए । त्यसैगरी, प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए ।

पुरस्कार वितरण कार्यक्रम काठमाडौँ स्थित होटल याक एण्ड यतिमा भएको थियो । दुवै बर्गका पुरस्कार विजेता तीन-तीनजना प्रतियोगी भारतको पुणेमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । सार्कस्तरीय प्रतियोगिता हुनु भन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २५० सहभागीहरु मध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरी तीनजना प्राविधिक सार्क राउण्डमा सहभागी हुन योग्य भएका थिए ।

त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीहरु मध्ये अन्तिम तीनको छनोट भएको थियो । दुवै बर्गको छनोट गर्ने सिलसिलामा लिखित जाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटीको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.