अन्ततः छिमेक लघुवित्तले पायो ४० प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति

  २०७६ वैशाख ५ गते १४:२५     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको संचालक समितिको २१२औं बैठकले गरेको हो । संस्थाले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो । तर राष्ट्र बैंकले २०७५ पुस १९ गते पठाएको पत्र अनुसार संस्थालाई सो मात्राको लाभांश वितरण गर्न अस्विकृत गरेको थियो ।

त्यसपछि संस्थाले राष्ट्र बैंकको विशेष निरिक्षणबाट औंल्याईएका समस्याहरु सुधार गरी पुनः राष्ट्र बैंकमा प्रस्तावित लाभांश समेत वितरण गर्ने स्वीकृतीको माग गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले अन्तत २०७६ वैशाख १ गते संस्थालाई सो मात्राको लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।

साथै, उक्त प्रस्तावित बोनस र नगद लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.