विग मास्टर लक्की ड्रमा उज्जल राई बने भाग्यमानी, पुरस्कार पाए पल्सर बाइक

२०७६ वैशाख ५ गते ११:३२ विकासन्युज


काठमाडौँ । रोयल काठमाडौँ हिमालयन बेभरेज प्रालिले यस बर्ष सञ्चालन गरेको विग मास्टर लक्की ड्र कार्यक्रमका भाग्यशाली विजेतालाई पुरस्कार वितरण वितरण गरेको छ ।

उपत्यकाका लागि मात्र सञ्चालन गरिएको लक्की ड्र कार्यक्रम काठमाडौमा खुल्ला गरिएको हो । लक्की ड्रमा समावेश गरिएका पाँच हजार कुपनवाट प्रथम पुरस्कार १५० सिसिको पल्सर मोटर वाइक पुरानो ठिमि स्थित सुनिमा स्टोरका उज्जल राईले जितेका छन् । उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाईँले पुरस्कार हस्तान्तरण गरे ।

लक्की ड्र अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान , द्वितीय पुरस्कार स्कुटर दुई थान लगायत २० थान रेफ्रिजेटर , १० थान ५५ इञ्चको टिभी र सान्त्वना पुरस्कार अन्तरगत २५ थान मोवाइल राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका बिक्री बितरण प्रमुख मिलन शर्माले शुभकामना मन्तव्य दिदै आफ्ना उपभोक्ता र ग्राहक वर्गमा यस कम्पनिद्वारा उत्पादित वाइनहरु उपभोग र बिक्री गर्न उत्पेरणा र हौसला प्रधान गर्न लक्की ड्र कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष चापागाईँले सम्पूर्ण कर्मचारी, बितरक, ग्राहक वर्ग, उपभोक्ता सबैलाई नयाँ बर्ष २०७६ को शुभकामना दिएका थिए । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक जिशुन चापागाईँ, क्वालिटी कन्ट्रोल एवम् जेनरल मेनेजर डा विएन मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।