पोखरा विमानस्थलको धावनमार्ग निर्माण पूरा

  २०७६ वैशाख ५ गते ९:०९     विकासन्युज

काठमाडौँ । निर्माण सुरु भएको तीन महिनामै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको धावनमार्गको निर्माण कार्य पूरा भएको छ ।

दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको उक्त धावनमार्गको बुधबार निर्माण कार्य सकिएको नेपाल नागरिक उड्डययन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । निर्माणको काम पूरा भएको छ –उनले भने, ‘अब बाँकी निर्माणका काम निरन्तर अघि बढ्छन् ।’

अहिलेसम्म एप्रोन र जहाज पार्किङ स्थल निर्माणको काम पनि पूरा भइसकेको छ । उक्त पार्किङमा तीनओटा ठूला र आठओटा साना जहाज पार्किङ गर्न मिल्नेछ । विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएनसी इन्जिनियरिङ कन्सल्टेन्सीले धावनमार्ग निर्माण गरेको हो । अन्य विमानस्थल कालोपत्रे गरिने भए पनि यो नेपालमै पहिलोपटक ढलान गरिएको धावनमार्ग हो ।

तीव्र गतिमा निर्माणको काम अघि बढेको उक्त विमानस्थल सन् २०२० भित्रै सम्पन्न हुने अधिकारीले दाबी गरे । ‘सन् २०२१ को जुलाइभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्योभन्दा अघि नै यसको काम पूरा हुन्छ’–उनले भने । सन् २०२० भित्र उक्त आयोजना पूरा भए यो समयअघि नै पूरा हुने पहिलो राष्ट्रिय गौरवको आयोजना बन्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.