जुत्ता घरमा ट्रिपल सिजन मेला, ६० प्रतिशतसम्म छुट अफर

  २०७६ वैशाख ५ गते १२:३८     विकासन्युज

काठमाडौं । नेपाल जुत्ता घरमा ट्रिपल सिजनलाई लक्षित गर्दै बिशेष छुट अफर ल्याएको छ । जुत्ता घरले नयाँ बर्ष, बिहेको लगन र नयाँ शैक्षिक सत्रको ट्रिपल सिजन केन्द्रित अफर ल्याएको हो । अफर अनुसार नयाँ जुत्ताहरुको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट पाइने नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । ‘नयाँ वर्ष, विहेको सिजन र नयाँ शैक्षिक सत्रका लागि ६० प्रतिशतसम्मको छुट सुविधा ल्याएका छौं’, उपाध्यायले भने ।

बैशाख भरि लागु हुने मेलामा खरिद गरिएका जुत्ता चप्पलहरुमा ६ महिनाको वारेन्टी सुविधा पनि रहेको छ । नयाँ शैक्षिक सत्र, नयाँ बर्ष र बिहेको सिजनलाई जुत्ता उद्योगीहरुले बजार विस्तारको उपयुक्त अवसरका रुपमा लिने गरेका छन् । नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् ।

कहाँ कहाँ छन् जुत्ता घर ?
नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ ।

कुन कुन ब्राण्डका जुत्ता पाइन्छन् ?
नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् ।

प्रतिष्पर्धा छाडेर सहकार्यमा आएको नजिर
बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.