सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक

  २०७६ वैशाख ४ गते १६:४२     विकासन्युज


काठमाडौँ । नारायणी अटो बिजिनेस बालकुमारीमा सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक गरिएको छ ।  नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित पार्नेछ । नयाँ वागन आरमा बलियो, आकर्षक वस्नको लागि धेरै ठाउँ, स्मार्ट प्ले स्टुडियो र प्लाट फर्म जस्ता विशेषताहरु भएको नारायणी अटो बिजिनेस बालकुमारीका प्रबन्ध निर्देशक अनुप बरालले बताए ।

१.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एलको इञ्जिन रहेको छ । यसले २१.५ किमि प्रतिलिटर तथा २२.५ किमि प्रतिलिटर यात्रा गर्न सकिन्छ । नेपाली बजारमा १.२ भीएक्सआई को २४ लाख ९९ हजार, १.२ भीएक्सआईको २६ लाख ९९ हजार र १.२ जेडएक्सआई २७ लाख ९९ हजार रहेको छ । नारायणी अटो बिजिनेश सीजी मोटोकर्प ललितपुरको आधिकारिक बिक्रेता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.