एनआईसी एशियाका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट

  २०७६ वैशाख ४ गते १६:०७     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धीबीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.