नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा, ८२ करोडको सेयर कारोबार

  २०७६ वैशाख ४ गते १५:३२     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा पुगेको छ । सो दिन नेप्से ४.९९ अंकले बढेर १२१७.०४ अंकमा पुगेको छ । गत पुस ११ गते बुधबार नेप्से १२१६ अंकमा रहेको थियो । त्यसपछि उतारचढाव स्थितिमा देखिएको नेप्से आज(बैशाख ४ गते) सो भन्दा एक अंकले बढेर उच्च अंकमा पुगेको छ ।

त्यस्तै, कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ । बुधबारको बजारमा कूल ८२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ८ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा नेप्से ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा स्थायी लेखा नम्बर(प्यान) लागु भएदेखि सेयर कारोबारमा वृद्धि भइरहेको छ । साथै, नयाँ वर्ष लागेसँगै सेयर बजारले पनि नयाँ गति लिँदै गइरहेको छ ।

बुधबार पनि मंगलबारको जस्तै वाणिज्य बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.