जेठ ३ देखि ५ गतेसम्म नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो हुने

  २०७६ वैशाख ४ गते ८:५६     विकासन्युज


काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालय, खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आयोजनामा २०७६ जेठ ३, ४ र ५ गते काठमाडौंमा “नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो” आयोजना हुने भएको छ ।

स्वदेशी रत्न पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभुषणको निर्यात विस्तार एवम् आयात प्रतिस्थापनमा टेवा पुर्याउने मूल उद्देश्यका साथ एक्स्पो आयोजना हुन लागेको आयोजकले जनाएका छन् । नेपालको भूगर्भमा रहेका विभिन्न रत्न पत्थर खनिज एवम् नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान गर्ने मूलभूत उद्देश्यका साथ यस एक्स्पोको आयोजना गरिएको हो ।

रत्न पत्थर खनिजको प्रवद्र्धन एवं नेपाली आभुषणलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न व्यवसायीहरुलाई अभिपे्ररित गर्न र विदेशी आभुषण व्यवसायीलाई नेपालीमा पूँजी तथा प्रविधि निवेश गर्न प्रोत्साहित गर्ने हुँदा प्रत्यक्ष कारोबार भन्दा पनि अर्थतन्त्रमा यसले पु¥याउने दूरगामी प्रभाव अझ महत्वपूर्ण हुने सम्भावना छ ।

विभाग परिसरमा हुने एक्स्पोमा स्वदेशी र विदेशी गरी ७० वटा कम्पनीहरुको सहभागिता रहनेछ । एक्स्पोमा सहभागिता एवं सहयोगका लागि मुलुकभरका यस क्षेत्रका खनिजजन्य उद्यमी, गरगहना व्यवसायीहरुका प्रतिनिधिमूलक महासंघ, संघहरुको सहभागिता रहने छ । अन्तर्राष्ट्रिय क्षेत्रमा भारत, श्रीलंका लगायत सम्पूर्ण सार्क राष्ट्रहरु, चीन, थाइल्याण्ड, र जापान तथा युरोपियन राष्ट्रहरुमा समेत सहभागीको लागी अनुरोध गरिने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.