‘स्प्राईट डबल डोज रिफ्रेसपनि रिचार्जपनि’ अफरमा ४ बढी पुरस्कृत

  २०७६ वैशाख ३ गते १८:४७     विकासन्युज

काठमाडौ । स्प्राईटको समर क्याम्पेन, स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि उपभोक्ता माँझ उत्साहपूर्ण ढङ्गले अगाडि बढिरहेको छ ।

फेब्रुअरी १ देखि शुरु भएको यो रिफ्रेसिङ्ग रिचार्ज क्याम्पेनबाट हालसम्म ४.५ लाख भन्दा बढि विजेताहरुले टक टाइम जितिसकेका छन् र उपभोक्ताबाट पनि उत्साहपूर्ण प्रतिक्रियाहरु प्राप्त भइरहेको कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुले २५० एमएलको शिशाको बोतलको कोका–कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडा किनेर रु १० देखि १० हजारसम्मको टक टाईम जित्नुका साथै सामसङ्ग ग्यालेक्सी नोट ९ पनि जित्न सक्नेछन् ।

गोरखाका प्रकाश गुरुङ, बनस्थलीका भुवन सिंह तामाङ, बनस्थलीका राज किशोर सिंह, अनामनगरका कुमार गिरी, सिनामङ्गलका प्रदीप गैरी, चाबहिलका राज कुमार लिम्बु, माच्छापोखरीका बिनोद नेपाल, झापाकी एलिना सुवेदी ललितपुरका प्रेम शोभा तन्दुकरले सामसङ्ग ग्यालेक्सी नोट ९ जितेका छन् ।

विजेताहरु सामसङ्ग ग्यालेक्सी नोट ९ प्राप्त गर्दा खुसी भएका थिए र यस्तो अद्भूत योजना ल्याएकोमा कोका–कोला कम्पनीलाई धन्यवाद प्रकट गरेका छन् । सहभागीहरुको उत्साहपूर्ण प्रतिक्रियासँगै, कम्पनीले यस योजना अवधिलाई थप गरेर महिनाको अन्त्यसम्म अर्थात ३० अप्रिलसम्म पुर्याएको छ ।

यस योजनामा सहभागी हुन, बिर्कोको तल्लो भागमा रहेको ८ अंकको यूनिक कोर्ड ३६७६८ मा एसएमएस गर्नुहोस् । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुका बारेमा राष्ट्रिय दैनिक पत्रिका, अनलाइन र कोका–कोला नेपालको फेसबुक पेजबाट जानकारी लिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.