सरकारको ढुकुटीमा १३१ अर्ब मात्रै, भित्रिने भन्दा बाहिरिने रकमले बढायो चिन्ता

  २०७६ वैशाख ३ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपालको ढुकुटीमा जम्मा १३१ अर्ब ९४ करोड रुपैयाँ बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार नेपाल सरकारको ढुकुटीमा १ खर्ब ३१ अर्ब ९४ करोड रुपैंयाँ मात्रै रहेको देखाएको हो । सो रकममध्ये पनि ५० अर्ब ९६ करोड रुपैंया भने स्थानीय तहको पैसा हो ।

८ महिनाको चालु घाटा विस्तार भएर १९१ अर्ब १३ करोड पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधीमा जम्मा १५४ अर्ब ९९ करोड मात्रै रहेको थियो । ८ महिनामा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा २४ करोड १४ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५१ करोड ८१ लाखले घाटामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.