अजोड इन्स्योरेन्स लिमिटेडको बिराटनगर शाखा उद्घाटन

  २०७६ वैशाख ३ गते १८:४०     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बिराटनगर शाखा कार्यालयको उद्घाटन भएको छ । योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टबाट उद्घाटन भएको हो ।

उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का क्षेत्रीय शाखा प्रबन्धक तथा बिराटनगर शाखा प्रमुख केदारबहादुर खत्री र नेपाल पत्रकार महा संघ १ नं. प्रदेश समिति अध्यक्ष विक्रम लुइटेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.