धरानमा कामना सेवाकोे ८२औं शाखा बिस्तार

  २०७६ वैशाख ३ गते १७:१५     विकासन्युज

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरानमा शाखा बिस्तार गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा मंगलबार ८२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।

सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदैप्रदेश नं १मा यो सँगै ६वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.