युनाइटेड सिमेन्ट्सले पायो अन्तर्राष्ट्रिय स्तरको सिमेन्ट उत्पादन गरेको प्रमाणपत्र

  २०७६ वैशाख ३ गते १६:१६     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रा.लि. इन्टरनेशनल सर्टिफिकेशन सर्भिस प्रालि(आइसीएस)बाट आइएसओ 9001:2015 तथा 14001:2015 को प्रमाणपत्र प्राप्त गरेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरण मैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेकोमा सो प्रमाणपत्रहरु उद्योगलाई प्रदान गरिएको छ ।

गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपुरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा रहेको छ । यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरी गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.