हिरोको फेमिली स्कुटर ‘डेस्टिनी १२५’ सार्वजनिक, बैशाख ४ गतेदेखि बिक्री शुरु

  २०७६ वैशाख ३ गते १५:०७     विकासन्युज


काठमाडौँ । हिरो मोटरकर्प लिमिटेडले आईथ्रीएस प्रविधि सहितको फेमिली स्कुटर डेस्टिनी १२५ मंगलबार सार्वजनिक गरेको छ ।
भारतमा बिक्री शुरु गरेको केही महिना मै नेपालमा यो स्कुटरको बिक्री शुरु भएको हो ।

बिक्री शुभारम्भ समारोहमा हिरो मोटरकर्प ग्लोबल बिजनेश स्ट्राटजी पर्फमेन्स प्रमुख रजत भार्गभले नेपालमा बिक्री गर्न शुभारम्भ गर्न पाउँदा खुशी लागेको बताउँदै डेस्टिनशी १२५ को भविश्य उज्वल रहने बताए ।

बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइट यसका विशेषता हुन् । स्कुटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउने कम्पनीले जनाएको छ ।

डेस्टिनी १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार कायम गरिएको कम्पनीले जनाएको छ । यो स्टाइलिस नयाँ स्कुटर बैशाख ४ गतेदेखि देशभर रहेका हिरो मोटरसाइकलका शो रुमहरुमा उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.