मेरो सुरक्षाले मोवाइल व्यवसायीलाई ११ लाखको निःशुल्क बीमा गरी दिने

  २०७६ वैशाख ३ गते १३:१३     विकासन्युज

काठमाडौँ । मेरो सुरक्षाले नयाँवर्षको अवसरमा निःशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो ।

यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल व्यवसायीको ११ लाख रुपैंया बराबरको निशुल्क बीमा हुनेछ । मेरो सुरक्षाका प्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवारका अनुसार मोबाइल व्यवसायीले १० लाख रुपैंया बराबरको दुर्घटना बीमा तथा एक लाख रुपैंया बराबरको स्वास्थ्य उपचार बीमा निःशुल्क पाउने छन् ।

योजनामा सहभागि हुनका लागि मोबाइल व्यवसायीहरु मेरो सुरक्षाको मोबाइल प्रटेक्सन प्लानका बितरक हुनु पर्नेछ । बैशाख २० गतेसम्ममा मेरो सुरक्षासँग सम्पर्कमा आउने मोबाइल बितरकहरुलाई मात्र निःशुल्कबीमा योजनामा सहभागि गराइने बताइएको छ ।

मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा निःशुल्क बीमा योजना ल्याएको हो । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगकै सहकार्यमा मोबाइल प्रोटेक्सन प्लान सञ्चालन गरिरहेको छ । केही समय अघि मात्र चितवनमा शाखा बिस्तार गरेको मेरो सुरक्षाले बैशाखको पहिलो सातादेखि बुटवलमा पनिशाखा सञ्चालनमा ल्याउने जनाएको छ ।

कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ । मोबाइलप्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सुरक्षा प्रोटेक्सन प्लान खरीद गरी आफ्नो मोबाइलको बीमा गराउन सक्छन् । मेरो सुरक्षाले मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीको १ लाख रुपैंयाको निःशुल्क दुर्घटना बीमा समेत गरि दिने जनाएको छ ।

मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । मोबाइलको बीमा गर्दा लाग्ने शुल्क इसेवा, खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिङबाट भुक्तान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.