स्पर्श लघुवित्तको नाफा ९ गुणाले बढ्यो, १ वर्षमा व्यवसायको आकार तेब्बर

  २०७६ वैशाख ३ गते १०:१०     विकासन्युज

काठमाडाैं । स्पर्श लघुवित्तले तीन महिनामा आफ्नो नाफा ९ गुणा बढाएको छ । पुस मसान्तमा ६ लाख २१ हजार रहेको स्पर्शको नाफा चैत मसान्तमा आइपुग्दा ६० लाख ३९ हजार पुगेको हो ।

स्पर्शले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तले अघिल्लो वर्षको चैतमा रहेको ५६ लाख रुपैंया घाटाको अवस्थालाई सुधारेर १ वर्षमा उक्त आकारमा नाफा पुर्याएको हो । नाफासँगै स्पर्शले रिजर्भको आकार पनि ८ लाखबाट बढाएर ६२ लाख रुपैंया पुर्याएको छ ।

लघुवित्तले उक्त अवधिमा व्यवसायको आकार तेब्बर बनाएको छ । अघिल्लो वर्ष चैतमा रहेको २ अर्ब ६३ करोडको ऋण लगानीलाई यो वर्ष ७ अर्ब ५३ करोड ८८ लाख रुपैंया ऋण लगानी गरेको छ जसका लागि लघुवित्तले ८ करोड २९ लाख रुपैंया चुक्ता पुँजी, १३ करोड ८८ लाख रुपैंया सदस्यहरुको बचत र ५ अर्ब ९९ करोड ऋणमार्फत् जुटाएको छ ।

लघुवित्तको पुँजी पर्याप्तता अनुपात १४.९९ प्रतिशत, कस्ट अफ फण्ड ११.०५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत छ । स्पर्शले गत चैतमा जारी गरेको आईपीओको सूचीकरण नै बाँकी रहेकोले मूल्य आम्दानी अनुपात भने उपलब्ध छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.