नेपाली सेनामा ८ हजारलाई जागिर खुल्यो, कहिलेसम्म आवेदन ?

  २०७६ वैशाख ३ गते ८:२९     विकासन्युज


काठमाडौँ । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेका लेखा जम्दार कर्मचारी, सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन तथा विभिन्न ट्रेडका पलोवर्स पदहरुको लागि ८ हजार ५ सय १७ जनाको जागिर खुलाएको हो ।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, पूर्वी पृतना हेडक्वार्टर इटहरी, श्री नम्बर २ बाहिनी अड्डा धनकुटा, श्री रणबम गण भोजपुर, श्री नम्बर १८ बाहिनी अड्डा गाइघाट, श्री शेर गण दिक्तेल खोटाङ लगायताका देशभरका सैन्य कार्यालयहरुमा कर्मचारी माग गरिएको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा खुला प्रतिष्पर्धाकबाट पदपूर्ति गर्न लागिएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सकिने विभागले जनाएको छ ।
जेठ १ गतेसम्म आवेदन दिन सकिने र जेठ १२ गते दरखास्त पेश गरेको कार्यालयमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.