माउण्टेन हाइड्रोको शेयर कारोबार शुरु, शुरुवाती कारोबारका लागि रेञ्ज कति ?

२०७६ वैशाख २ गते १८:३६ विकासन्युज

काठमाडौँ । शेयर बजारमा आजदेखि माउण्टेन हाइड्रोपावर लिमिटेडको शेयर कारोबार शुरु भएको छ । नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको शुरुवाती कारोबारका लागि न्यूनतम रु ९३ र अधिकतम रु २८१ बराबरको मूल्य तोकेको छ ।

कम्पनीले गत चैत २८ गते स्टकमा एक करोड २८ लाख कित्ता शेयर सूचीकरण गरेको थियो । केही समय पहिले मात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीसहित शेयर बजारमा २७ जलविद्युत् कम्पनी सूचीकृत भएका छन् ।