एनआईबिएल एस क्यापिटलमा डिम्याट खाता निःशुल्क

  २०७६ वैशाख २ गते १७:३४     विकासन्युज


काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन नयाँबर्ष २०७६ बैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लि. को पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सहायक कम्पनी हो । यस अभियानबाट बिशेषतः पूँजीबजार भन्दाबाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुँच बुद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ ।

यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.