ओपोको नयाँ एफ११ प्रोमा राईजिङ क्यामेरा, सेल्फी फङ्सनलाई नयाँ उचाई दिने लक्ष्य

  २०७६ वैशाख २ गते १७:१५     विकासन्युज


काठमाडौँ । ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन एफ११ प्रोमा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । नयाँ क्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८एमपी क्षमताको क्यामेरा उपलब्ध गरिएका छन् ।

एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै नयाँफोनमा उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव दिने सोचका साथ यसमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिनपनि उपलब्ध गरिएका छन् ।

स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्यभागमा १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । आवश्यकता अनुसार राइज हुने(निस्कने) र प्राकृतिक देखिने सेल्फी लिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ । १६एमपी फ्रण्ट कयामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली अवलम्बनगरिएको यो प्रविधिले नोचलाई विस्थापनगर्न सघाएको छ साथै यसको पारदर्शी डिजाइनले सटिक टचप्रदान गर्छ ।

फोनको शानदारपानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोच लेस बनाउनुका साथै फुल स्क्रिन अनुभवपनिप्रदान गर्छ । परम्परागतमोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमातस्विर र दृष्यपस्किने छ । यसले मोबाइल गेमर्स तथामूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने निश्चित रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.