आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु, विजेताले ३ लाख पाउने

  २०७६ वैशाख २ गते १७:०५     विकासन्युज

काठमाडौं । आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ ।

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्ष देखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जनप्रतिष्पर्धीहरू सहभागी हुने छन् ।

तीनलाख छब्बीस हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपालदास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पूर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा सोमबार दशरथ रङ्गशालामा उद्घाटन गरे ।

८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरुले भाग लिने उक्त प्रतियोगिता शनिबारसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.