नेप्से बढेर ११८८ अंकमा, नेको इन्स्योरेन्सको बढी कारोबार

  २०७६ वैशाख २ गते १५:२३     विकासन्युज

काठमाडौं । सोमबारकोे नेप्से परिसूचक ४.७० अंकले बढेर ११८८.७१ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशत बढी हो । सामान्य अंकले बढेको बजारमा सेयर कारोबार पनि सामान्य रुपमा भएको छ । सोमबारको बजारमा कुल ३० करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो मध्ये नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२२ रुपैयाँ रहेको छ ।

सोमबार एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले बढी कमाएका छन् । इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ७.५६ प्रतिशतले बढेर प्रतिकित्ता १०२५ रुपैयाँमा रहेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.९० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, माइक्रोफाइनान्स, होटल, बैंकिङ, विकास बैंक, निर्जीवन बीमा र उत्पादनमूलक समूह उकालो लागेका छन् । बाँकी हाइड्रो पावर, फाइनान्स, जीवन बीमा र अन्य समूह ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.