भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय, रुपन्देहीमा संख्या ६ पुग्यो

  २०७६ वैशाख २ गते १३:२०     विकासन्युज


खस्यौली । शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरिद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

“केही लगानीकर्ता आइरहनुभएको छ,” भिजन सेक्युरिटिज प्रालि ९३४० नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भने । भैरहवामा शेयर खरिद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल आउनु पर्ने बाध्यता थियो । बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् ।

पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले शेयरमा लगानी गर्न थालेको बताइएको छ । बुटवलमा रहेका पाँच ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको हाराहारीमा शेयर कारोवार हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.