महालेखाले भन्यो-२४ बाणिज्य बैंकको लाभांश अनुचित

  २०७५ चैत २९ गते १८:३४     विकासन्युज

काठमाडौं । २४ वटा बाणिज्य बैंकहरुको लाभांश माथी महालेखा परिक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ । महालेखाको ५६ औं बार्षिक प्रतिवेदनमा २४ वटा बाणिज्य बैंकहरुलाई लाभांश वितरण गर्न दिने नेपाल राष्ट्र बैंकको निर्णय अनूचित भएको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ देखि बाणिज्य बैंकहरुमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) लागु गरेको थियो । तर २८ वटै बाणिज्य बैंकहरुले एनएफआरएस अनुसार वित्तिय विवरण पेश गर्न असफल भएका थिए । नेपाल चाटर्ड अकाउन्टेण्ट संस्थाले एनएफआरएस अनुसार बैंकहरुले वित्तिय प्रतिवेदन तयार नपरेको कैफियत दिएको थियो । तर नेपाल राष्ट्र बैंकले भने सो कैफियतलाई नजर अन्दाज गर्दै २४ वटा बाणिज्य बैंकहरुलाई लाभांश वितरण गर्न अनुमति दिएको हो ।

महालेखाले प्रतिवेदनमा लेखेको छ–‘कम्पनी ऐन, २०६३ को दफा १०८(२) मा कम्पनीहले प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायले लागु गरेको लेखामान पालना गर्नुपर्ने व्यवस्था रहेको देखिन्छ । नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थाको निर्णय बमोजिम बाणिज्य बैंकहरुले नेपाल वित्तिय प्रतिवेदन मान प्रयोग गर्ने व्यवस्था छ । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुमध्ये २४ वटा बाणिज्य बैंकहरुले सो अनुसार वित्तिय विवरणहरु तयार नगरेका कारण लेखा परिक्षकले टिप्पणीसहितको राय दिएको पाईयो । उपरोक्त स्थितिमा समेत नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई लाभांश प्रदान गर्न अनुमति प्रदान गरेको उचित लेखिएन । कानुन पालना गराउन अनुगमन व्यवस्था प्रभावकारी बनाउनु पर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.