ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीद्वारा दाबी भुक्तानी

  २०७५ चैत २९ गते ९:३९     विकासन्युज


काठमाडौँ । ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले एनआइसी एशिया बैंक बैकास्योरेन्स मार्फत पुस ३ मा बीमालेख जारी गरेका दिनेश खड्गीको मृत्यु भएकोमा उनले इच्छाएको ब्यक्तीलाई दाबी भुक्तानी गरिएको छ ।

उनकी श्रीमती सुमित्रा खड्गीले बीमालेख अन्र्तगत दाबी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेकी थिइन् ।

कम्पनीले आफ्नो दाबी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी २०७५ चैत्र २८ गते एनआईसी एशिया बैंकको केन्द्रीय कार्यालय, थापाथलीमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले श्रीमती खड्गीलाई दावी रकम हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.